मिडियामा हामी

मिडियामा हामी

A photograph went viral claiming Hindu supporters heading towards Dharan. However, Nepal Fact Check, a fact-checking platform, revealed that a photograph was, in fact, an image from Birgunj taken two months prior.

Over the past few days, a video showing a woman consuming meat from a large bone has viral too. Claims emerged that this video originated from Dharan as well. However, Nepal Fact Check once more debunked the video, clarifying that the meat in question was not sourced from a bull and that the video was recorded in Chitwan in 2022.

What is happening in Dharan?, Onlinekhabar, August 29, 2023

केही दिनअघि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको घर भन्दै सेयर गरिएको तस्बिर सामाजिक सञ्जाल (सोसल मिडिया) मा ‘भाइरल’ भयो । मुलुकका नाम चलेका लेखकलगायत धेरै जनाले त्यो फोटोसहित ट्वीट गरे । तर ‘नेपाल फ्याक्ट चेक’ लगायतले जाँच गर्दा त्यो तस्बिर–सूचना झूटो ठहरियो । उक्त संस्थाका अनुसार, त्यो फोटो केन्याको रस्मिया होम डिजाइन लिमिटेडको वेबसाइटलगायत थुप्र्रै विदेशी वेबसाइटमा रहेको भेटियो ।

गलत सूचनाको महामारी, मैना धिताल, असार ८, २०७९
मिथ्या सूचनाबारे अनुसन्धान गर्दै आएका नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ युट्युबमा आएका अफवाह र सनसनी सूचनाले आम जनमतलाई पूरै प्रभावित पार्ने बताउँछन्। उनले पश्चिम रुकुममा भएको नवराज विकसहितको हत्याकाण्डबारे पनि युट्युबरहरूले भ्रम फैलाएको सम्झिए । नवराजकी प्रेमिका गर्भवती रहेको भन्दै फैलाइएको अफवाह कतिपय मानिसले पत्याएको र यसमा युट्युबर जिम्मेवार रहेको उनको भनाइ छ । युट्युबरहरूले दुवै पक्षका कुरा बाहिर ल्याउनेभन्दा पनि एउटाको पक्ष दिएर अर्काको चरित्र हत्या गर्ने प्रवृत्तिलाई बढावा दिइरहेको उनले बताए । ‘अहिले पल शाह पक्राउ प्रकरणमा एकपक्षीय कुरा मात्रै युट्युबमा यसरी आए कि पीडितले ठूलै षड्यन्त्र गरेको भन्ने भाष्य स्थापित गर्ने प्रयास भइरहेको छ,’ उनले भने।

बलात्कार अनुसन्धानलाई तमासा बनाउँदै आरोपितका समर्थक, जनकराज सापकोटा, सम्झना रसाइली, फाल्गुन १९, २०७८

सामाजिक सञ्जाल र युट्युबमा फैलाइने अफवाहले विवेकहीन भिड जम्मा गर्ने गरेको बताउँछन्, पत्रकार तथा फ्याक्ट चेकर उमेश श्रेष्ठ ‘सालोक्य’ । उनी भन्छन्, ‘युट्युब र सामाजिक सञ्जालले जम्मा पार्ने भिडले हल्ला फैलाउँछ । त्यही हल्लाको विश्वास गर्दै थप मान्छे जम्मा हुन्छन् र भिडको आकार लिन्छ । अनुसन्धानले पत्ता लगाएको सत्य एकातिर हुन्छ । कानुनी प्रक्रिया एकातिर हुन्छ तर, यस्तो भिडको धारणा अर्कोतिर हुन्छ ।’

विवेकशून्य भिड जम्मा पार्ने साधन बन्दै सामाजिक सञ्जाल र युट्युब, सागर चन्द, फागुन २०, २०७८

यो विषयमा लामो समयदेखि माइसंसार डटकम ब्लगमार्फत तथ्य जाँच गरिरहेका पत्रकार उमेश श्रेष्ठका अनुसार फेसबुक युट्युब टिकटकलगायतमा एक प्रकारको अल्गोरिदम प्रयोग गरिएको हुन्छ, जसअन्तर्गत हामीले कस्ता सामग्री हेछौँ, लाइक गर्छौं त्यससँग सम्बन्धित यस्तै प्रकारका सामग्रीहरू देखिन थाल्छन् । त्यस्ता भ्रम फैलाउने भिडियो देखेमा युट्युबमा रिपोर्ट गर्ने अप्सन हुन्छ, रिपोर्ट गन, त्यस्तो च्यानललाई अनसब्सक्राइब गर्न सकिन्छ ।

हेरिनसक्नु बन्दै युट्युब, किन हुँदैन नियमन ?, विष्णु परियार २०७८ फागुन २१ गते

तथ्य जाँच गर्ने फ्याक्ट चेक नेपालले यसअघि नै ती तस्बिर भारतको महाराष्ट्रको किसान आन्दोलनको र नेपालमै तीन वर्षअघिको घटनाको भएको फेला पारेको छ । यसरी तथ्य जाँचकीले गलत भनी सिद्ध गरिससकेको तस्बिरलाई समेत प्रधानमन्त्री ओलीले पटक-पटक भाषणमा उल्लेख गरेर भ्रम फैलाएका छन् ।

प्रधानमन्त्री ओलीका चार गलत दाबी, दीपक अधिकारी, कान्तिपुर, साउथ एसिया चेक, माघ २३, २०७७

 

पूर्व मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता हिसिला यमीलाई द न्यूयोर्क टाइम्सले एशियाकै भ्रष्ट महिला भएको समाचार छापेको भन्ने मिथ्या समाचारको पनि प्रचार गरियो। यो नियोजित रुपमा गरिएको प्रष्ट थियो। नेपाल तथ्यजाँचका सम्पादक उमेश श्रेष्ठ समाचार सामाग्रीहरुमा देखिने वस्तुनिष्ठताको अभावले पत्रकारहरुमा पक्षधरताको अनुमान लगाउन सकिने बताउँछन्। प्रत्यक्ष भनाइलाई नै बिगार्ने वा सही तरिकाले उल्लेख नगर्ने अभ्यास प्रचलनमा रहेको उनको भनाइ छ।

मिथ्या सूचनाको जालो : नलडी सुखै छैन !, रमेश कुमार, हिमालखबर, १५ माघ २०७७

“सेन्टर फर मिडिया रिसर्च र माइसंसारले भाइरल भएको उक्त अभिव्यक्तिको तथ्य जाँच गरी नेता रावलले उक्त भाषणमा त्यस्तो नबोलेको र हचुवाको भरमा केही भिजिटर बढाउनका लागि भन्दै नभनेको कुरा थपेर भाइरल बनाएको तथ्य उधिनेको थियो।”

भाषणमा पटक-पटक फेक न्युजको सहारा, जनकराज सापकोटा, कान्तिपुर, माघ ८, २०७७

“नेपाल फ्याक्ट चेकका अनुसार राजसंस्था र हिन्दू राज्यको माग गर्दै गणतन्त्रविरुद्ध भएको प्रदर्शनको भन्दै शेयर भइरहेको यो तस्बिर भने चार वर्षअघि प्रदेश सिमांकनका विरुद्ध तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले बुटबलमा आयोजना गरेको प्रदर्शनको हो।”

राजावादीले झापामा गरेको ‘विशाल प्रदर्शन’ को फोटो चार वर्षअघिको!, शिलापत्र, मंसिर २१, २०७७

“१८ वैशाख बिहान ८ः४५ मा बलिउड अभिनेता ऋषि कपुरको निधन भयो। सोही दिन साँझ ऋषिको अन्तिम क्षणमा गीत सुनिरहेको भन्दै एउटा भिडिओ भाइरल भयो। थुप्रै सञ्चारमाध्यमले त्यसलाई समाचार बनाए। तर, १९ वैशाखमा सेन्टर फर मिडिया रिसर्च र माइसंसार (ब्लग)ले संयुक्तरूपमा गरेको तथ्य जाँचमा यो समाचार गलत रहेको थाहा लाग्यो।”

स्वतन्त्र प्रेसलाई कमजोर कसले बनाउँछ ?, सुनीता साखकर्मी, देखापढी, वैशाख २१, २०७७

सबैभन्दा धेरै हेरिएको