बारम्बार सोधिने प्रश्नहरू (FAQs)

नेपालमा भाइरल भएका जानकारी वा समाचारहरू तथ्यजाँच गरी ती जानकारी वा समाचार तथ्यगत भए नभएको परीक्षण गर्ने प्रयास हो।

तथ्यजाँच जसलाई अङ्ग्रेजी भाषामा फ्याक्टचेक (factcheck) भनिन्छ एउटा विशिष्ट प्रकारको अभ्यास हो जसमा उपलब्ध प्रमाण वा तथ्याङ्क वा वैज्ञानिक आधार बन्न सक्ने अध्ययन अनुसन्धानका आधारमा कुनै समाचार वा जानकारी तथ्यगत भए नभएको परीक्षण गरिन्छ।

सूचना खोजी र परीक्षणका चरणहरू पत्रकारिताका अभ्याससँग मिल्दोजुल्दो भए पनि यी दुवै केही फरक विशिष्टीकृत अभ्यास हुन्। तथ्यजाँचको नतिजा र लेखन पनि पत्रकारिताको नतिजा र लेखनभन्दा फरक हुन्छ। तथ्यजाँचले प्रमाणका उपलब्धताको आधारमा सूचनाको वर्गीकरण गर्छ।

नेपाल: तथ्यजाँचले कुनै पनि जानकारी वा समाचारलाई चार वर्गमा वर्गीकरण गर्छ। तथ्यजाँच गर्ने अन्य संस्थाहरूको वर्गीकरण फरक हुन सक्छ।

  1. सही सूचना: तथ्यजाँच गर्दा सही प्रमाणित भएका जानकारी वा समाचार।
  2. अपुष्ट सूचना: तथ्यजाँच गर्दा तथ्य हो या मिथ्या हो भन्ने प्रमाण भेट्न नसकेका जानकारी वा समाचार।
  3. भ्रामक सूचना: तथ्यजाँच गर्दा कुनै कुरा तथ्य तर केही मिथ्या कुरा भएका वा मिथ्या कुराको आधारमा तथ्यलाई भ्रमपूर्ण बनाइएका जानकारी वा समाचार।
  4. मिथ्या सूचना: तथ्यजाँच गर्दा मिथ्या प्रमाणित भएका जानकारी वा समाचार।

तथ्यजाँचको नतिजा आफैँमा तथ्यमा भर पर्छ। कुनै कुराको अनुपलब्ध हुनु भनेको त्यो मिथ्या हुनु नहुन सक्छ, तथ्यजाँच गर्दा फेला पार्न नसकिएको पनि हुनसक्छ। तथ्यजाँचकीको सिद्धान्तमा जसरी कुनै प्रमाणविना कुनै जानकारी तथ्य हुन सक्दैन त्यसैगरी मिथ्या हो भनी प्रमाण नभएका कुरा मिथ्या हुन सक्दैनन्।

नेपाल: तथ्यजाँचले भाइरल भएका सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा आएका जानकारी वा सूचनाको तथ्यजाँच गर्छ। सामान्यतया तथ्यजाँचकीहरूले आफैँ भेटेर छानेका वा पाठकहरूबाट अनुरोध भइरहेका सामग्रीहरूबाट स्वविवेकले छानेर तथ्यजाँच गर्छन्। सामान्यतया स्वविवेक प्रयोग गर्दा ती भाइरल छन्/छैनन्, ती जानकारी वा समाचारले नागरिकको अधिकार वा प्रजातन्त्र वा अन्य नकारात्मक असर गर्छ/गर्दैन र ती सामग्रीको तथ्यजाँच गर्न सकिने अवस्था छ/छैन भन्ने आधारमा गर्छन्।

नेपाल: तथ्यजाँचको भाइबर ग्रुपमा वा वेबसाइटमा रहेको फाराम वा editor@nepalfactcheck.org मा इमेल गरेर तथ्यजाँचको अनुरोध गर्न सकिन्छ।

हुँदैन। हामीसँग सीमित तथ्यजाँचकी र स्रोतसाधन छ। त्यसैले तथ्यजाँचकीले स्वविवेकले गर्न सक्ने जति छानेर तथ्यजाँच गर्छन्। कतिपय तथ्यजाँच भएका सामग्रीहरू प्रकाशन हुँदैन। धेरैजसो अवस्थामा तथ्यजाँचमा सही देखिएका सामग्रीका तथ्यका बारेमा सार्वजनिक वादविवाद छैन भने ती प्रकाशन गरिरहनु आवश्यक हुँदैनन्।

थाहा हुँदैन। कतिपय अवस्थामा तथ्यजाँच गर्न केही मिनेट वा घण्टामै सम्भव हुन्छ कतिपय अवस्थामा केही दिन पनि लाग्न सक्छ।

तथ्यजाँचका लागि सामान्यरूपमा यीमध्ये सबै वा धेरै उपायहरू अवलम्बन गरिन्छ: इन्टरनेटमा खोजी, विज्ञहरूसँग सरसल्लाह, सम्बन्धित व्यक्ति वा निकाय वा संस्था वा समूहसँग जानकारी, प्रमाण (अडियो, भिडिओ वा दस्ताबेज, अध्ययन/अनुसन्धान वा तथ्याङ्क) को खोजी, आधिकारिक स्रोतको खोजी। इन्टरनेटमा खोजी गर्नका लागि विभिन्न उपकरण र सफ्टवेयरहरू प्रयोग गरिन्छ।

होइन। तथ्यजाँचकीहरू प्रकाशित जानकारी वा समाचारको तथ्य परीक्षण गर्ने हो। हामीलाई प्राप्त हुने कतिपय अनुरोधहरूमा अनुसन्धानमूलक खोजी पत्रकारिताको कार्य गर्न अनुरोध गरिएको हुन्छ जुन गर्न हामी असमर्थ छौँ। उदाहरणका लागि हामी भ्रष्टाचार भए/नभएको खोज्न सक्दैनौँ। संक्षेपमा हामी नयाँ समाचार वा जानकारी खोज्ने होइनौँ, प्रकाशित जानकारी वा समाचारका तथ्यगत कुराहरू तथ्यमा आधारित हो कि होइन भनेर खोज्ने हौँ।

नेपाल: तथ्यजाँच गैरनाफामुखी सेन्टर फर मिडिया रिसर्च – नेपाल (सीएमआर-नेपाल) र नेपाली भाषाको पहिलो ब्लग माइसंसार डटकमको संयुक्त प्रयास हो। नेपाली सञ्चारमाध्यममा आएका र सोसल मिडियामा भाइरल भएका सामग्रीहरूको तथ्यजाँच गर्ने उद्देश्यले यो मार्च २०२० देखि सञ्चालनमा छ।

कोरोनाभाइरस महामारीको बेला यससम्बन्धी धेरै मिथ्या सूचनाहरू फैलिरहेको अवस्थामा आवश्यकता बोध भई सीएमआर-नेपालको बचत रकमबाट माइसंसारको सहयोगमा यो कार्य सुरु गरिएको हो। यसका केही खर्चहरू सीएमआर-नेपालमा सञ्चालित ओपन सोसाइटी फाउन्डेसनको परियोजना अन्तर्गत बेहोरिएको छ। यसको निरन्तरताका लागि हामी सबैको सहयोगको अपेक्षा गर्दछौँ।

नेपाल: तथ्यजाँचले गर्ने कामको आधार मानव अधिकार, उदार लोकतन्त्र र उत्तरदायी मिडिया हो। यी कुराबाहेक हाम्रो अन्य आग्रह/पूर्वाग्रहले तथ्यजाँचको कामलाई प्रभावित नगर्न हामी प्रतिबद्ध छौँ।

नेपाल: तथ्यजाँचले सम्पादकीय स्वतन्त्रताको प्रत्याभूति दिन्छ। सीएमआर-नेपालले यसका खर्चहरू बेहोरेर तथ्यजाँचकीका लागि कार्यस्थलको व्यवस्था गरे पनि सम्पादक समूह स्वतन्त्र हुन्छन्। सम्पादकको स्वतन्त्रता निश्चित गर्न उसको कार्यलाई स्वतन्त्र व्यक्तिहरूको पाँच सदस्यीय सल्लाहकार समितिले मात्रै मूल्याङ्कन गर्ने र सम्पादकको नियुक्ति वा उसलाई गरिने कारबाही सोही समितिको बहुमतको सिफारिसमा सीएमआर-नेपालको कार्यसमितिको निर्णयले मात्रै हुनसक्ने व्यवस्था गरिएको छ।

हाम्रो बारेमा पेजमा गएर त्यो हेर्न सकिन्छ।

थ्या सूचनाले दिने झुटो जानकारीले नागरिकलाई गलत निर्णय गर्न प्रेरित गर्छ। प्रजातन्त्रको आधार भनेको नागरिकको मत हो यसर्थ प्रजातन्त्रलाई बलियो बनाउन मिथ्या सूचनाबाट जोगिन जरुरी हुन्छ। त्यस्ता सूचनाले नागरिकको अधिकार वा प्रजातन्त्र वा अन्य नकारात्मक असर गर्छ। यसर्थ तथ्यजाँच आवश्यक छ।

यो प्रयास कसैमाथि दोष थोपर्ने नभई सञ्चारमाध्यम, सोसल मिडिया प्रयोगकर्ता र आम नागरिकलाई मिथ्या सूचना वा भ्रामक सूचना वा अपुष्ट सूचनाबारे सचेत बनाउने हो।

सोध्नुहोस्