तथ्यजाँच मिथ्या सूचना

काठमाडौँमा सात जना कोरोना संक्रमित थपिएको समाचार गलत


काठमाडौँमा सात जना कोरोना संक्रमित थपिएको समाचार गलत

हिमालखबरले आज २०७७ साउन ४ गते ‘काठमाडौंमा सात जना सहित १५६ संक्रमित थपिए’ शीर्षकको समाचार राखेको छ। समाचारमा लेखिएको छ, ‘राजधानी उपत्यकाको काठमाडौंमा सात र ललितपुरमा दुई जना सहित देशभर १५६ जना संक्रमित थपिएका छन्।’ के यो समाचार सही हो ? हामीले फ्याक्टचेक गरेका छौँ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा भने प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो भनेका थिए-

उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँमा १ जना, ललितपुरका २ जना र मोरङका १ जना कोभिड १९ पोजिटिभ भएको बताएका थिए।

मिडिया ब्रिफिङमा देशभरका अन्य २६ ल्याबमध्ये अरु कुनै पनिमा काठमाडौँका पोजिटिभ भेटिएको बताएका थिएनन्।

मन्त्रालयले प्रकाशित गर्ने सिचुएसन रिपोर्टमा पनि काठमाडौँका अरु ल्याबमा पोजिटिभ भेटिएको उल्लेख छैन, शुक्रराज अस्पतालमा मात्रै चार जना पोजिटिभ उल्लेख छ।

 

तर काठमाडौँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनलाई नै उद्‍धृत गर्दै काठमाडौँमा सात र ललितपुरमा दुई जना संक्रमित थपिएको उल्लेख छ।

यस्तो छ समाचार-

अर्काइभ लिङ्क

 

निश्कर्ष : तसर्थ हिमालखबरको समाचार शीर्षक र समाचारमा उल्लेख भएको काठमाडौँमा सात जना संक्रमित थपिएको खबर गलत छ। न स्वास्थ्य मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका थिए, न मन्त्रालयको सिचुएसन रिपोर्टमा नै यस्तो खुलेको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add