तथ्यजाँच मिथ्या सूचना

कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनेको संख्या बारे अनलाइनमा गलत तथ्याङ्क


कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनेको संख्या बारे अनलाइनमा गलत तथ्याङ्क

अन्नपूर्ण पोस्टले २०७७ असार २० गतेको अनलाइन संस्करणमा ‘कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुग्यो : ९ हजार ४२ डिस्चार्ज’ शीर्षकमा समाचार छ। त्यसैगरी अरु केही अनलाइनहरुले पनि डिस्चार्ज गर्नेहरुको संख्या अन्नपूर्ण पोस्टले जस्तै लेखेका छन्।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक विवरणले भने त्यसो भन्दैन।

अन्नपूर्ण पोस्टको समाचार।

त्यसैगरी अरु केही अनलाइनहरुले पनि अन्नपूर्ण पोस्टकै समाचार शीर्षक कपिपेस्ट गरेका छन्। केही उदाहरण-

तर ९ हजार ४२ जना डिस्चार्ज भएको तथ्याङ्क गलत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिचुएसन रिपोर्ट अनुसार ९ हजार ४२ आइसोलेसनमा रहेका पुष्टि भएका (एक्टिभ) केसहरु हुन्। डिस्चार्ज भएका केसहरुको संख्या ६ हजार ४१५ छ।

निश्कर्ष : त्यसैले अन्नपूर्ण पोस्ट लगायत अरु अनलाइनमा आएका समाचार शीर्षक गलत छन्। डिस्चार्ज भएका केसहरुको संख्या ९ हजार ४२ होइन, ६ हजार ४१५ हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add