तथ्यजाँच मिथ्या सूचना

लकडाउन खुकुलो बनाउने बारे सिन्धुपाल्चोक प्रहरीको सूचना गलत


लकडाउन खुकुलो बनाउने बारे सिन्धुपाल्चोक प्रहरीको सूचना गलत

सरकारले जेठ २८ गते लकडाउन खुकुलो बनाउने निर्णय गर्‍यो। मन्त्रिपरिषद्को बैठकले के के सेवा सञ्चालन गर्न पाउने, के के नपाउने भनेर सूची नै प्रकाशन गर्‍यो। सरकारको निर्णयमा केही व्यवस्था असार १ गतेदेखि र केही व्यवस्था चाहिँ तत्काल प्रारम्भ हुने भनिएको थियो। तर जेठ ३१ गते सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसबुकमा राखेको सूचनामा गलत जानकारी छन्।  

सरकारले गरेको निर्णय यस्तो छ-


सरकारको निर्णयमा स्पष्टसित आदेशको क्रमसंख्या २ को तीन वटा खण्डमात्र असार १ गतेदेखि र अन्य सबै तत्काल प्रारम्भ भई २१ दिनसम्म कायम रहने लेखिएको छ।

त्यो भन्नुको अर्थ तलको पहेँलो लगाएको सेवामात्र असार १ गतेदेखि चल्ने हो।

अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले टेलिभिजनमा लाइभ निर्णय सुनाउँदा असार १ गतेदेखि मात्र खुल्ने के के हो भन्न खोजेका थिए, तर पछि आफै अल्मलिए।

सरकारले गरेको यही निर्णय भन्दै सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसबुकमा जेठ ३१ मा यस्तो सूचना राख्यो

त्यसमा असार १ गतेदेखि मात्र लकडाउन खुकुलो हुने लेखिएको छ। अनि एउटा लिस्ट नै राखिएको छ असार १ गतेदेखि के खुल्ने/के नखुल्ने भनी

तर नेपाल सरकारको आधिकारिक निर्णयमा यस्तो छैन। सरकारले तीन वटा बूँदामा रहेका सेवामात्र असार १ गतेदेखि बाँकी सबै तत्काल प्रारम्भ हुने भनेको हो।

निश्कर्ष : त्यसैले सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले फेसबुकमा राखेको सूचना गलत छ। सिन्धुपाल्चोक प्रहरीले असार १ गतेदेखि खुल्ने भनेर तोकेका १८ बूँदा मध्ये ३ वटा मात्र सो मितिदेखि खुल्ने हुन्, बाँकी निर्णय भएको मिति अर्थात् जेठ २८ गतेदेखि नै तत्काल प्रारम्भ भइसकेका छन्। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add