तथ्यजाँच मिथ्या सूचना

भारतीय च्यानल ‘आजतक’को फेक स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल


भारतीय च्यानल ‘आजतक’को फेक स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल


सामाजिक सञ्जालमा अहिले भारतीय टेलिभिजन च्यानल आजतकको जस्तो देखिने एउटा स्क्रिनसट भाइरल भएको छ जसमा अमेरिकन आइडलको टप सेभेनमा पुगेका नेपाली आर्थर गनलाई भारतको भनिएको दावी छ।

तर यो ‘आजतक’मा प्रसारण भएको समाचारको स्क्रिनसट भने होइन।

हामीले केही समयअघि अहँ, रुसका सडकमा पुटिनले ८ सय वटा सिंह छाडेका छैनन्, फेक न्युज नपत्याउनुस् ! शीर्षकमा एउटा फ्याक्टचेक गरेका थियौँ।

त्यसमा breakyourownnews.com साइटबारे लेखिएको थियो। यो टिभीको स्क्रिनमा देखिए जस्तो गरेर आफैले ब्रेकिङ न्युज बनाउन दिने वेबसाइट हो। अहिले देखिएको स्क्रिनसटमा माथिपट्टी फोटोसप गरेर आजतक र संवाददाताको नाम राखिए पनि दायाँ छेउमा breakyourownnews.com को वाटरमार्क स्पष्टै देख्न सकिन्छ।

त्यो साइटमा गएर हेडलाइन र टिकर हालेपछि ठ्याक्कै यस्तै खालको टिभी स्क्रिनमा देखिएको जस्तो फोटो आउँछ। उदाहरण-

तसर्थ सामाजिक सञ्जालमा अहिले भाइरल गराइएको आर्थर गनसम्बन्धी आजतकको स्क्रिनसट फेक हो। त्यसमा विश्वास नगर्नुस्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add