तथ्यजाँच मिथ्या सूचना

‘राजधानी’को फेक न्युज : नेपालमा २,००० जना कोभिड-१९ पोजिटिभ


‘राजधानी’को फेक न्युज : नेपालमा २,००० जना कोभिड-१९ पोजिटिभ

हिजो आइतबार मूलधारका टेलिभिजन र पत्रिकाका अनलाइनहरुले समेत वीरगञ्जका एक व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि भएको भन्दै अपुष्ट खबर छापेर आतंक मच्चाए।

सोसल मिडियाबाट मात्रै फेक न्युजहरु आउने हैनन्, मूलधारकै मिडिया पनि तथ्य जाँचमा चुकेर गलत समाचार आउन सक्छ भन्ने उदाहरण हिजोको घटनाबाट लिन सकिन्छ।

आज फेरि ‘राजधानी’ राष्ट्रिय दैनिकको पहिलो पेजमा एउटा गलत समाचार छापिएको छ। ‘असुरक्षित अस्पताल, स्वास्थ्यकर्मी जोखिममा’ शीर्षकको त्यो समाचारको सुरुको वाक्यमा नै ‘नेपालमा गरिएको कोभिड–१९ परीक्षणमा २ हजार जनामा पोजिटिभ देखिएको छ’ लेखिएको छ।

यो एकदमै गलत तथ्य हो। दुई हजार जनामा पोजेटिभ देखिनु त के, त्यसको आधा एक हजार जनामा परीक्षणसमेत भएको छैन।

यस्तो छ पहिलो पेजमा छापिएको समाचार-

यस्तो छ पत्रिकाको अनलाइनमा राखिएको समाचार-

यो समाचार अहिले अनलाइनबाट तथ्य गलत भएकोमा माफी माग्दै सच्याएर राख्नु त कता हो कता गुपचुप डिलिट गरिएको छ

तर हाम्रो पात्रो एपको एग्रिगेसनमा यो गलत वाक्य अझै देख्न सकिन्छ-

नेपालमा अहिलेसम्म एक जनामा मात्र कोभिड १९ पोजिटिभ देखिएकोमा दुई हजार जनामा पोजेटिभ देखिएको कल्पना पनि गर्न नसकिने कुरा हो। समाचारमा यो लेख्न खोजिएको पक्कै हैन होला। तर यति ठूलो गल्ती पहिलो पेजमा नै कसरी हुन पुग्यो? लेख्नेले लेखे पनि प्रूफ हेर्नेले के हेरे होलान् ? पास कसरी भयो होला यो खबर ? अचम्म छैन त !

(यो तथ्यजाँच सामग्री माइसंसारमा पनि प्रकाशित छ।)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add