तथ्यजाँच मिथ्या सूचना

के नेपाल आएकी मिस वर्ल्ड अध्यक्ष जुलियालाई कोरोना संक्रमण भएको हो?


के नेपाल आएकी मिस वर्ल्ड अध्यक्ष जुलियालाई कोरोना संक्रमण भएको हो?

केही दिनदेखि सोसल मिडियामा मिस वर्ल्डकी अध्यक्ष तथा सिइओ जुलिया मोर्लीलाई कोरोना भाइरस संक्रमण भएको हल्ला व्याप्त थियो। केही अनलाइनले त उनलाई कोरोना संक्रमण देखिएको भन्दै समाचार समेत लेखे। मार्च २५ मा त मिस इन्डियाको आधिकारिक ट्विटर ह्यान्डलबाटै यो खबर दिँदै जुलियाको स्वास्थ्य लाभको कामनासमेत गरियो। यो खबरमा नेपाल सतर्क हुनुपर्ने कारण किन पनि थियो भने केही समय अघि मात्रै वर्तमान मिस वर्ल्ड र उनीसँगै जुलिया पनि नेपाल भ्रमणमा आएकी थिइन्। उनले मिस नेपाल, पूर्व मिस नेपाल मात्र हैन, पर्यटन मन्त्री लगायत हाइप्रोफाइलहरुसित पनि भेटघाट गरेकी थिइन्। यदि उनलाई संक्रमण भएको भए उनीमार्फत् अरुलाई पनि संक्रमण फैलने डर हुन्थ्यो।


नेपाल आएको बेला मिस वर्ल्डसँग मिस नेपाल र पूर्व मिस नेपाल।


नेपाल आएको बेला जुलियासहितको फोटो।


पर्यटन मन्त्रीसँग मिस वर्ल्ड।

यो बारे बेलायती लेखिका Sally-Ann Fawcett ले पहिलो ट्विट गरेकी थिइन्। उनले पछि पनि यो खबर सही रहेको र साथीबाट थाहा पाएको भन्दै ट्विट गरेकी थिइन्।

केही अंग्रेजी बाहेकका वेबसाइटहरुमा पनि यो समाचार आएका थिए। उदाहरण १। उदाहरण २।

उनका फेक प्रोफाइलहरुमा यस्ता स्टायटस पनि देखिए।

त्यसैका आधारमा यस्ता समाचारहरु पनि बने।

तर उनलाई भेट्ने मध्ये एक सुरज वैद्यले आफ्नी पत्नीले जुलियासित फोनमा कुरा गर्दा यो गलत भएको बताएकी भन्दै ट्विट गरेका थिए।

मिस नेपालले आफ्नो आधिकारिक साइटमा पनि यही जानकारी राखेको थियो।

तर मार्च २५ मा मिस इन्डियाको आधिकारिक ट्विटर ह्यान्डलबाट अर्कै जानकारी आयो।

यसबारे समाचार इन्डियाटाइम्समा पनि आयो।

अन्यौल बढिरहेकै बेला आज अर्थात् मार्च २६ मा मिस वर्ल्डको आधिकारिक साइट, फेसबुक र ट्विटरमा उनलाई कोरोना भाइरस संक्रमण नरहेको र फेक अनलाइन अकाउन्टहरुबाट यस्तो भ्रम फैलाइएको बताइयो।

त्यसैले आधिकारिक रुपमा यी खबरहरु गलत ठहरिएका छन्।

(यो तथ्यजाँच सामग्री माइसंसारमा पनि प्रकाशित छ।)

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न। बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई [email protected] वा [email protected] मा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add