तथ्यजाँच मिथ्या सूचना

के फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित किशोरी डिस्चार्ज भएकी हुन्?


के फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित किशोरी डिस्चार्ज भएकी हुन्?


शुक्रबार रातितिर अचानक सामाजिक सञ्जालमा खुसीको खबर भन्दै एउटा खबर फैलियो। त्यसमा दावी गरिएको थियो- कोरोना संक्रमण भएको भेटिएकी दोस्रो नेपाली अर्थात् फ्रान्सबाट फर्किएकी किशोरी अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

केही अनलाइनहरुले यसबारे समाचार पनि लेखे। लोकान्तर अनलाइनमा त बिहीबार बिहान ११ बजेर ४२ मिनेटमा डिस्चार्ज भएकी र घरमा टपरीमा खाना खाने गरेको समेत उल्लेख गरियो। तर उनको उपचार भइरहेको अस्पताल स्वयंले भने यसको पुष्टि गरेन।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रवक्ता डाक्टर अनुप बास्तोलाले डिस्चार्ज नभएको र कसैले डिस्चार्ज भएको भन्छ भने त्यो अफवाह हो भने।

स्वास्थ्य मन्त्रालयले हिजो दिउँसो ४ बजेसम्मको स्थिति बारे जारी गरेको यो सूचनामा पनि एक जना मात्रै निको भएको र दुई जनाको आइसोलेसनमा उपचार जारी रहेको उल्लेख छ।

हिजो साँझ मन्त्रालयले दोस्रो प्रेस ब्रिफिङ गर्दै धनगढीमा अर्को कोरोना भाइरस संक्रमित भेटिएको बताएको थियो।

यो सँगै नेपालमा चार जना कोरोना संक्रमित भेटिएको छ। त्यसमध्ये एक जना मात्र उपचारपछि निको भइसकेका छन्।

तर सामाजिक सञ्जालमा स्टायटस र कपिपेस्ट अनलाइनहरुले डिस्चार्ज भइसकेको खबर लेखे, जुन सही थिएन।

केही उदाहरण-


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add