तथ्यजाँच मिथ्या सूचना

आकाशबाट सेनाले हेलिकप्टरबाट औषधि छर्कने कुरा भारतबाट सुरु भएको ‘फेक न्युज’


आकाशबाट सेनाले हेलिकप्टरबाट औषधि छर्कने कुरा भारतबाट सुरु भएको ‘फेक न्युज’


फेसबुकमा अहिले कोरोना भाइरससम्बन्धी एउटा अर्को मेसेज भाइरल भइरहेको छ। यो मेसेज टेक्स्ट र अडियो दुवैमा छ। टेक्स्टमा आज राति १२ बजे नेपाल भर आर्मी हेलिकप्टरले आकाशबाट कोरोना भँइरसविरुद्ध किटनाशक औषधि छर्कने हुनाले घर बाहिर ननिस्कन र कपडा र अरु कुरा बाहिर नराख्न भनिएको छ। त्यसैगरी अडियोमा एक महिला आवाजमा त्यही कुरा भनेको सुन्न पाइन्छ। यसमा भएको जानकारी गलत हो। 

तपाईँले यसअघि नर्भिक अस्पतालमा ९ जनाको चेक गर्दा ६ जनामा कोरोना भाइरस देखिएको भन्ने भाइरल अडियो पनि सुन्नुभयो होला। त्यो अडियो बनाउने रामेछाप घर भएका र हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापालाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा उनले आफ्नो फेसबुक पेजको रिच र इन्गेजमेन्ट बढाउनका लागि यस्तो झुटो अडियो बनाएर हालेको बताएका छन्।

यस्ता झुटा, सनसनीपूर्ण खबर फेसबुकमा राखे लाइक र कमेन्ट गर्ने, रियाक्ट गर्नेहरुका कारण इन्गेजमेन्ट बढ्ने लोभले यसो गरेको देखिएको छ। अब उनलाई मुलुकी  अपराध संहिता अनुसार एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।

हेलिकप्टरबाट औषधि छर्कने फेक न्युज चाहिँ नेपालको मौलिक समेत होइन। यो हल्ला भारतबाट आयात गरिएको हो। भारतमा यो हप्ता विशेष गरी ह्वाट्स एप ग्रुपहरुमा यस्तो मेसेज फैलिएको थियो। नेपालमा भने ह्वाट्स एप खासै चल्दैन। त्यसैले फेसबुकबाट यस्तो हल्ला फैलिएको हो।

ह्वाट्स एपमा दिल्लीमा फैलिएको हेलिकप्टरवाला मेसेज।

भारतमा ट्विटरबाट पनि यस्तो हेलिकप्टरवाला हल्ला फैलिएको थियो।

भारतमा फेसबुकमा फैलिएको हेलिकप्टरवाला हल्ला।

हल्ला भारतमा धेरै फैलिएपछि भारत सरकारको निकाय प्रेस इन्फरमेसन ब्युरो (नेपालको सूचना विभाग जस्तो) ले ट्विटरमा आधिकारिक रुपमा यसको खण्डन गरेको थियो।

PIB Fact Check

@PIBFactCheck

कोरोना वायरस की रोकथाम के लिए हवा में किसी भी दवाई का छिड़काव नहीं किया जा रहा है |#CoronavirusOutbreak पर अफवाहों से दूर रहें और हमेशा सटीक जानकारियों को ही साझा करें |

अधिक जानकारी के लिए @MoHFW_INDIA के दिशानिर्देशों को पढ़े |

झूठ का निशान एक मैसेज पर जिसमें दावा किया जा रहा है कि कोरोना वायरस की रोकथाम के लिए हवा में दवाई छिड़की जा रही है |
71 people are talking about this

PIB Fact Check

@PIBFactCheck

Amidst #Coronavirusoutbreak, misinformation on CV Vaccine gas spread out through Airplanes is circulating on social media
NO such action has been planned out by the Indian Government.

Get your facts from trusted sources. Do not amplify #fakenews!

A stamp of Fake on a statement claiming that the Indian Government is planning to spread out CV Vaccine gas through Airplanes
192 people are talking about this

भारतमै फैलिएर बासी भइसकेको हल्लालाई अहिले नेपालमा फैलाउन खोजिएछ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सूचना गलत भएको बताउँदै ‘यो अफवाह हो। यस्तोको पछाडि नलाग्नुहोला’ भनेका छन्। सेनाले विज्ञप्ति निकालेर आधिकारिक रुपमा नै यसको खण्डन पनि गरिसकेको छ-

कोरोना भाइरस फैलिनबाट रोक्न लामखुट्टे मार्न जस्तो कुनै किटनाशक दबाई आविस्कार भइसकेको छैन। त्यसैले आकाशबाट औषधि छर्केर यो भाइरस फैलनबाट रोकिने छैन। यो फैलनबाट रोक्न त सकेसम्म धेरै पटक साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र अहिले अत्यावश्यक काममा बाहेक बाहिर नगई घरैमा बसी संक्रमण फैलनबाट रोक्ने नै सही उपाय हो।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता अडियो तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न। बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई [email protected] वा [email protected] मा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add