एक पटक विश्वासको मत लिएपछि कति वर्ष अविश्वास प्रस्ताव राख्‍न पाइँदैन?

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम बदर गरी एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कि उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने भन्ने विषयमा बहस जारी छ। यो बीचमा केही मिडियामा एक पटक विश्वासको मत लिएपछि निश्चित अवधिसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने संवैधानिक प्रावधान… Read More »

के इसाई संस्थाहरुले ब्राह्मण र क्षत्रीलाई टुक्राउनु पर्ने विज्ञप्ति निकालेका हुन्?

सामाजिक सञ्जालमा अहिले एउटा विज्ञप्ति भाइरल भएको छ। नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रिस्टियन समाज नामका दुई इसाई संस्थाहरुको छाता संगठनका नेताहरुको नाम र हस्ताक्षरसहितको यो विज्ञप्तिमा ‘नेपालको संविधानमा खस-आर्य एकै हुन् भनी समेट्नु दुःखद कुरा भएको’ उल्लेख गर्दै ‘ब्राह्मण र क्षत्रीलाई नटुक्राएसम्म धर्मान्तर गर्न कठिन रहेको’, र ‘यस पटकको जनगणनामा..’ ‘जातिमा खस र… Read More »

के यो भिडियोमा देखिएको दृश्य नेपालको हो ?

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा छ। भिडियोमा एउटा पहाड र झरना बगिरहेको देखिन्छ। त्यही झरना बगिरहेको ठाउँबाटै एउटा बस गुड्छ। १५ सेकेन्डको यो भिडियो नेपालको मनाङको रहेको दावी सामाजिक सञ्जालमा गरिएको छ। के यो सही हो? हामीले यस विषयमा तथ्य जाँच गरेका छौँ।

के पठाओ बन्द गर्न लागिएको हो ?

राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको बारे २०७७ चैत १० गते मंगलबार सामाजिक सञ्जालमा निकै चर्चा र केही मिडियामा समाचारसमेत आएका छन्। के साँच्चिकै पठाओ बन्द गर्न लागिएको हो त? हामीले यो विषयमा तथ्य जाँच गरेका छौँ।

के मिडियामा आए जस्तै नेपाली सेनाले ‘यौन प्रकरण’मा मुछिएका तीन जनालाई बर्खास्त गरेको हो?

२०७७ फागुन २८ गते शुक्रबार देशका प्रमुख मिडियाहरुमा नेपाली सेनाले एक सहायक रथी (जर्नेल) र दुई महिला अधिकृतहरुलाई बर्खास्त गरेको समाचार प्रकाशन भएको छ। ती मिडियाहरुका अनुसार ‘यौन प्रकरणमा मुछिएका’ ती तीन जनालाई कारबाही गरिएको हो। हामीले यो समाचारको तथ्य जाँच (फ्याक्ट चेक) गरेका छौँ।

के मुस्कानलाई दिइएको पुरस्कार यसअघि नोबल विजेता पाकिस्तानी किशोरी मलालाले पाइसकेकी थिइन्?

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मार्च ८ तारिखमा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्‍यो। पुरस्कार पाउने १५ जना मध्ये एक नेपालकी किशोरी मुस्कान खातुन पनि थिइन्। व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने भन्दै अमेरिकी सरकारले… Read More »

के पुस ५ पछिका सबै नियुक्ति खारेज गर्न सर्वोच्चले आदेश दिएको हो?

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने फैसला २०७७ फागुन ११ गते सुनायो। योसँगै केही अनलाइन मिडिया र सामाजिक सञ्जालहरुमा पुस ५ गतेपछि सरकारले गरेका सबै नियुक्ति खारेज गर्न पनि सर्वोच्च अदालतले आदेश दिएको खबर आएका छन्। के साँच्चै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो त? हामीले यो विषयमा तथ्य जाँच गरेका… Read More »

के प्रधान सेनापतिले प्रधानमन्त्रीलाई ‘इतिहासकै सबैभन्दा निडर’ भनेका हुन्?

प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहास कै सबैभन्दा निडर प्रधानमन्त्री भएको र आफूले गर्व गर्ने बताएको दावी गरिएको उनको भनाई सामाजिक सञ्जालमा भाइरल भएको छ। के साँच्चै प्रधान सेनापतिले यस्तो भनेका हुन्? हामीले यो विषयमा तथ्य जाँच (फ्याक्ट चेक) गरेका छौँ।

के प्रचण्ड-माधव नेपालले नेतृत्व गरेको जुलुसमा भारतीय झण्डा बोकेर प्रदर्शन गरिएको हो?

आन्दोलनरत पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (२०७७ माघ २८ गते बुधबार) राजधानी काठमाडौँमा प्रदर्शन र सभा गरेको छ। यस क्रममा एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा अगाडि प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेताहरु देखिन्छन् भने पछाडि भारतको राष्ट्रिय झण्डा देखिन्छ। यही फोटोको बारेमा हामीले… Read More »

आम हड्तालको दिन भाइरल भएका फोटो र भिडियो- कुन सही, कुन भ्रामक?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको समूहले बिहीबार (फेब्रुअरी ४) गरेको देशव्यापी आम हड्तालको क्रममा सामाजिक सञ्जालमा विभिन्न फोटो र भिडियो भाइरल भएका छन्। हामीले त्यसमध्ये केही फोटो र भिडियोको तथ्य जाँच (फ्याक्टचेक) गरेका छौँ।