Category Archives: अपुष्ट सूचना

के कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको हो?

कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको दावी गर्दै बेलायती ट्याब्ल्वाइड अखबार ‘डेली मेल’ले बिहीबारको अङ्कमा बनाएको मुख्य समाचार चर्चामा छ। यो समाचारलाई बीबीसी लगायत अरु बेलायती मिडियाले पनि साभार गरेका छन्। सामाजिक सञ्जालमा पनि यसबारे चर्चा चुलिएको छ। के साँच्चै ‘नेपाल भेरियन्ट’ भेटिएको हो त? हामीले यसबारे तथ्य जाँच गरेका छौँ।

के प्रधान सेनापतिले प्रधानमन्त्रीलाई ‘इतिहासकै सबैभन्दा निडर’ भनेका हुन्?

प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहास कै सबैभन्दा निडर प्रधानमन्त्री भएको र आफूले गर्व गर्ने बताएको दावी गरिएको उनको भनाई सामाजिक सञ्जालमा भाइरल भएको छ। के साँच्चै प्रधान सेनापतिले यस्तो भनेका हुन्? हामीले यो विषयमा तथ्य जाँच (फ्याक्ट चेक) गरेका छौँ।

के पर्सामा बाघले आक्रमण गरी मान्छे लगेको हो?

२०७७ माघ १० गते सोसल मिडिया र विभिन्न अनलाइन मिडियाहरुमा पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडकखण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई जंगलतर्फ लगेको व्यहोराका समाचारहरु प्रकाशन भएका छन्। के यो समाचार सही हो? यसबारे हामीले तथ्य जाँच (फ्याक्टचेक) गरेका छौँ।

के मंगलबार राजधानीमा एकै दिन ६१ लाई संक्रमण भएको हो ?

लकडाउन खुलेपछि पछिल्लो समय राजधानी काठमाडौँमा कोभिड-१९ संक्रमणको संख्या बढ्दै गएको छ। यसै क्रममा २०७७ साउन १३ गते मंगलबार एकै दिन ठूलो संख्यामा संक्रमित भेटिए। तर मंगलबार पुष्टि भएका संक्रमितको संख्या भने मिडियाले फरक-फरक दिएका छन्। कान्तिपुरले साउन १४ गते बुधबारको अङ्कको पहिलो पेजको  ‘कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार?’ शीर्षकको समाचारको उपशीर्षकमा ‘राजधानीमा एकै दिन… Read More »

के ‘जी न्युज’ले साँच्चिकै नेपालीसित माफी मागेको हो?

केही दिनदेखि भारतीय मिडियाको सामग्रीलाई लिएर नेपालमा बहस चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको बारेमा बिना आधार ‘बलिउड गसिप’ जस्तो समाचार बनाएर जी न्युजको बिहार झारखण्ड च्यानलले सामग्री तयार पारेको थियो। सोसल मिडियामार्फत् यो फैलिएपछि नेपालमा चर्को आलोचना भयो। मल्टी सिस्टम अपरेटरहरुले केही भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिदिए। यत्तिकैमा शुक्रबार नेपाली… Read More »

के नेपाली डाक्टरले बनाएको कोरोना खोपबारे डब्लुएचओले चासो दिएको हो?

प्राध्यापक डाक्टर ललितकुमार दास अहिले निकै चर्चामा छन्। यतिबेला सबैतिर चासोको विषय भएको कोरोनाभाइरस (कोभिड-१९) को उपचार गर्ने ओखती वा खोप बनेको भन्ने बित्तिकै ध्यान त तानिने नै भयो। त्यसमाथि एक नेपालीले नेपालमै औषधि बनाएको दावी गरेका छन्! यस्तो दावी एक महिनाअघि नै विभिन्न मिडियामा आएकै थियो। विश्व स्वास्थ्य संगठन डब्लुएचओले समेत यसमा चासो राखेको… Read More »

के हावामा ८ घण्टासम्म कोरोना भाइरस बाँच्छ?

सामाजिक सञ्जालमा केही दिनअघिदेखि सिएनबिसीको समाचारको स्क्रिनसटसहितको एउटा खबर भाइरल छ। त्यसमा हावाबाट कोभिड १९ सर्ने प्रमाणित भएको, भाइरस हावामा ८ घण्टा बाँच्छ भन्ने दावी गरिएको छ। सामाजिक सञ्जालमा धेरैले सेयर गरेको यो स्क्रिनसट मंगलबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ट्विटमा पनि देखियो। के साँच्चिकै हावामा ८ घण्टासम्म कोरोना भाइरस बाँच्छ त? हामीले गरेको फ्याक्टचेकमा… Read More »

के प्रम, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा रहेका प्रहरीको मात्र तलब काटिने भएको हो?

सामाजिक सञ्जालमा केही दिन यता एउटा समाचार निकै सेयर भएको छ। समाचारमा दावी गरिएको छ, ‘प्रम, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा रहेका प्रहरीको मात्र तलब काटिने।’ प्रतिष्ठित व्यक्तिहरुले समेत यस्तो हेडलाइन भएका समाचार आफ्नो विचार राखी वा नराखी सेयर गरेको देखिएको छ। के साँच्चै प्रधानमन्त्री, मन्त्री र सांसदहरुको तलब नकाटेर ड्युटीमा रहेका प्रहरीको मात्र… Read More »

के शुक्रबार र शनिबार काठमाडौँ बाहिर जान पाउने निर्णय भएको हो ?

शुक्रबार र शनिबार काठमाडौँमा अड्किएका नागरिकहरुलाई काठमाडौँ बाहिर जान पाउने निर्णय भएको खबर प्रमुख अनलाइन मिडियाहरुले बिहीबार दिउँसो दिए। तर त्यसको दुई घण्टा नबित्दै सरकारले यस्तो निर्णय नभएको बतायो। ‘कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भोलि र पर्सि ( २८-२९ चैत्र , २०७६ ) काठमाडौँ प्रवेश गर्न नपाइने तर… Read More »

के अमेरिकामा दुई दिनका लागि मात्रै औषधी बाँकी छ?

कान्तिपुर टेलिभिजनले चैत २० गतेको राति आठ बजेको प्राइम टाइम न्युज बुलेटिनमा अमेरिकामा दुई दिनका लागि मात्रै औषधी बाँकी रहेको समाचार दियो। हेडलाइनमा भनिएको थियो, ‘कोरोना भाइरसबाट सबैभन्दा प्रभावित अमेरिकामा दुई दिनका लागि मात्रै औषधी बाँकी।’ टेलिभिजनले युट्युबमा राखेको बुलेटिनमा यो हेडलाइन हेर्न सकिन्छ। यहाँ क्लिक गर्नुस्। युट्युबमा राखिएको समाचार बुलेटिनमा हेडलाइन मात्रै छ, पूरा… Read More »