Category Archives: मिथ्या सूचना

सामाजिक सञ्जालमा फैलिएको विजय शाहीको मृत्युको खबर गलत

मंगलबार सामाजिक सञ्जालमा विजय शाहीको मृत्यु भएको दावी गर्दै फोटोसहितको पोस्ट भाइरल भएको छ। आफूसित अद्‍भूत स्मरण शक्ति रहेको दावी गरेर मिडियामा छाएका उनी केही समयअघि अमेरिकी नागरिक नेल्सन डेलिसले बनाएको भिडियोबाट चर्चामा थिए। के साँच्चै सामाजिक सञ्जालमा दावी गरिए जस्तै शाहीको मृत्यु भएको हो त?  हामीले तथ्य जाँच गरेका छौँ।

नेपालको फिफा वरियतामा सुधार भएको समाचार गलत

केही नेपाली मिडियाले फिफा वरीयतामा नेपाली पुरुष फुटबल टिमको स्थान तीन अङ्कले सुधार भएको समाचार प्रकाशित गरेका छन्। नेपालले सन् २०२२ को विश्वकप र सन् २०२३ को एसियन कप छनोटमा गरेको प्रदर्शन लगत्तै यस्तो समाचार आएको हो। प्रदर्शनका क्रममा नेपालले आफूभन्दा ३० स्थान माथिको चाइनिज ताइपेईलाई २-० ले हराएको थियो। जोर्डन र अष्ट्रेलियासँग भने पराजित… Read More »

डेनमार्कले १४ लाख डोज खोप दिने खबर गलत

डेनमार्क सरकारले नेपाललाई कोभिड विरुद्धको १४ लाख खोप अनुदानमा दिन लागेको समाचार आइतबार विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा छायो। ती समाचारहरुमा डेनिस सरकारले अस्ट्राजेनेकाको खोप दिन लागेको र युनिसेफमार्फत् खोप सहयोग गर्ने पत्र प्राप्त भइसकेको दावी गरिएको छ। हामीले यसबारे तथ्य जाँच गरेका छौँ।

के अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको हो?

अमेरिकाले नेपाललाई ५० लाख डोज खोप सहयोग स्वरुप दिन लागेको समाचार बिहीबार राति सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरुमा आए। ती समाचारको तथ्य जाँच हामीले गरेका छौँ।

नेपालमा प्रयोग भएको चिनियाँ खोपले डब्लुएचओको मान्यता पाएको हो कि होइन?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७ मे २०२१ मा कोभिड-१९ विरुद्ध बनेको एउटा थप खोपलाई आपतकालीन प्रयोगको अनुमति दियो। त्यो थियो चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको खोप। केही विज्ञहरुले सामाजिक सञ्जालमा नेपालमा प्रयोग भएको चिनियाँ खोप डब्लुएचओ मान्यताप्राप्त नभएको दावी गर्दै लेखेका छन्। के यो सही हो? हामीले तथ्य जाँच गरेका छौँ।

के सरकारले त्रिकोणात्मक क्रिकेट सिरिज जित्ने खेलाडीलाई ४–४ लाख दिन लागेको हो?

हालै काठमाडौँमा तीन देशबीच भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्य प्रत्येकलाई ४-४ लाख रुपैयाँ पुरस्कार दिने निर्णय सरकारले गरेको बारे केही मिडियामा समाचार आएका छन्। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले पनि क्रिकेट टोलीलाई सरकारले पुरस्कृत गर्न लागेको व्यहोराका पोस्ट सामाजिक सञ्जालमा गरेका छन्।… Read More »

एक पटक विश्वासको मत लिएपछि कति वर्ष अविश्वास प्रस्ताव राख्‍न पाइँदैन?

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम बदर गरी एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कि उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने भन्ने विषयमा बहस जारी छ। यो बीचमा केही मिडियामा एक पटक विश्वासको मत लिएपछि निश्चित अवधिसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने संवैधानिक प्रावधान… Read More »

के इसाई संस्थाहरुले ब्राह्मण र क्षत्रीलाई टुक्राउनु पर्ने विज्ञप्ति निकालेका हुन्?

सामाजिक सञ्जालमा अहिले एउटा विज्ञप्ति भाइरल भएको छ। नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रिस्टियन समाज नामका दुई इसाई संस्थाहरुको छाता संगठनका नेताहरुको नाम र हस्ताक्षरसहितको यो विज्ञप्तिमा ‘नेपालको संविधानमा खस-आर्य एकै हुन् भनी समेट्नु दुःखद कुरा भएको’ उल्लेख गर्दै ‘ब्राह्मण र क्षत्रीलाई नटुक्राएसम्म धर्मान्तर गर्न कठिन रहेको’, र ‘यस पटकको जनगणनामा..’ ‘जातिमा खस र… Read More »

के यो भिडियोमा देखिएको दृश्य नेपालको हो ?

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा छ। भिडियोमा एउटा पहाड र झरना बगिरहेको देखिन्छ। त्यही झरना बगिरहेको ठाउँबाटै एउटा बस गुड्छ। १५ सेकेन्डको यो भिडियो नेपालको मनाङको रहेको दावी सामाजिक सञ्जालमा गरिएको छ। के यो सही हो? हामीले यस विषयमा तथ्य जाँच गरेका छौँ।

के मुस्कानलाई दिइएको पुरस्कार यसअघि नोबल विजेता पाकिस्तानी किशोरी मलालाले पाइसकेकी थिइन्?

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मार्च ८ तारिखमा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्‍यो। पुरस्कार पाउने १५ जना मध्ये एक नेपालकी किशोरी मुस्कान खातुन पनि थिइन्। व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने भन्दै अमेरिकी सरकारले… Read More »