Category Archives: भ्रामक सूचना

के नेपालले ६० लाख फाइजर खोप किन्ने सम्झौता गरिसकेको हो?

कान्तिपुर राष्ट्रिय दैनिकले १२ साउन २०७८ मंगलबारको अङ्कमा ‘किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता’ शीर्षकमा चार कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ। समाचारमा ‘सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको र अमेरिकाको फाइजर एन्ड बायोटेक (वास्तविक नाम फाइजर-बायोएनटेक) कम्पनीले उत्पादन गरेको… Read More »

के प्रधानमन्त्रीले दावी गरे जस्तै कोरोनाविरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख २० गते सोमबार टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै कोभिड–१९ महामारीको नियन्त्रणका विषयमा सरकारले गरिरहेका र गर्ने विभिन्न कदमहरु बारे स्पष्ट गरे। सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आफ्ना देशवासीलाई कोरोना बिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै… Read More »

के पठाओ बन्द गर्न लागिएको हो ?

राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको बारे २०७७ चैत १० गते मंगलबार सामाजिक सञ्जालमा निकै चर्चा र केही मिडियामा समाचारसमेत आएका छन्। के साँच्चिकै पठाओ बन्द गर्न लागिएको हो त? हामीले यो विषयमा तथ्य जाँच गरेका छौँ।

के मिडियामा आए जस्तै नेपाली सेनाले ‘यौन प्रकरण’मा मुछिएका तीन जनालाई बर्खास्त गरेको हो?

२०७७ फागुन २८ गते शुक्रबार देशका प्रमुख मिडियाहरुमा नेपाली सेनाले एक सहायक रथी (जर्नेल) र दुई महिला अधिकृतहरुलाई बर्खास्त गरेको समाचार प्रकाशन भएको छ। ती मिडियाहरुका अनुसार ‘यौन प्रकरणमा मुछिएका’ ती तीन जनालाई कारबाही गरिएको हो। हामीले यो समाचारको तथ्य जाँच (फ्याक्ट चेक) गरेका छौँ।

आम हड्तालको दिन भाइरल भएका फोटो र भिडियो- कुन सही, कुन भ्रामक?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको समूहले बिहीबार (फेब्रुअरी ४) गरेको देशव्यापी आम हड्तालको क्रममा सामाजिक सञ्जालमा विभिन्न फोटो र भिडियो भाइरल भएका छन्। हामीले त्यसमध्ये केही फोटो र भिडियोको तथ्य जाँच (फ्याक्टचेक) गरेका छौँ।

के परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ‘अख्तियारमा धूलो परेका फाइल निकाल्दै छौं’ भनेका हुन् ?

माघ १० गते राति कान्तिपुर राष्ट्रिय दैनिकको अनलाइन संस्करण इकान्तिपुरमा ‘अख्तियारमा धूलो परेका फाइल निकाल्दै छौं : परराष्ट्रमन्त्री ज्ञवाली‘ शीर्षकमा समाचार छापियो। सोही दिन नेकपा ओली समूहका अगुवा कार्यकर्तालाई गुल्मीको रेसुंगा नगरपालिकाको तम्घासमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले त्यसो भनेको भनी समाचार इकान्तिपुरमा प्रकाशित भएपछि संवैधानिक निकायलाई सरकारको मातहत ल्याउन लागेको भन्दै सामाजिक सञ्जालमा यसको चर्को… Read More »

के नारायण वाग्लेले मन्दिर भत्काउनु पर्छ भनेका हुन् ?

सामाजिक सञ्जालमा यतिबेला नारायण वाग्ले चर्चामा छन्। ट्विटरमा ‘नारायण वाग्ले’ लेखिएका ट्विट सोमबार रातिदेखि सुरु भएर मंगलबार दिउँसो यो फ्याक्टचेक तयार पार्दासम्म झण्डै हजार ट्विट भइसकेको देखिन्छ। नागरिक समाजको ब्यानरमा सोमबार* भएको ‘बालुवाटार मार्च’ कार्यक्रमका क्रममा भएको प्रहरी कारबाही र त्यही कार्यक्रममा उनले गरेको भाषण हिजोदेखि चर्चामा छ। यसै क्रममा नारायण वाग्लेको फोटोसहित एउटा भनाई… Read More »

कोरोना संक्रमण पत्ता लगाउने पीसीआर परीक्षणबारे फैलाइएका चार भ्रम र तथ्य

कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षणलाई अहिले केही षड्यन्त्र सिद्धान्तका रचनाकारहरुले ‘गाई कि त्रिशुल’ जस्तो भएको दावी गर्दै यसले कोरोना भाइरस पत्ता लगाउन नसक्ने हल्ला फैलाएका छन्। केही अस्पतालमा पीसीआर परीक्षण गर्दा अस्पतालै पिच्छे फरक रिपोर्ट आएको समाचारले पनि उनीहरुलाई हल्ला फैलाउन मद्दत गरेको छ। हल्ला यति फैलाइएको छ कि अब नो पीसीआर… Read More »

कोरोनाभाइरसबारे एपीवान टिभीको बहसमा गरिएका पाँच भ्रामक दावी

एपिवान टेलिभिजनमा समाचार प्रमुख टीकाराम यात्रीले सञ्चालन गर्ने ‘एपी सेन्टर’ कार्यक्रममा भदौ २७ गते शनिबार जागृत रायमाझी र डा. समिरमणि दीक्षितसँग बहस प्रसारण भयो। पहिलेका विद्यार्थी नेता रायमाझीले यसअघि पनि विभिन्न युट्युब च्यानलहरुमा विभिन्न अपुष्ट दावी गर्दै आएका थिए। पछिल्लो समय मूलधारे मिडियाहरुमा पनि ठाउँ पाउने क्रममा एपी वान टिभीमा बहस कार्यक्रम भएको हो। कार्यक्रममा… Read More »

के सर्वोच्च अदालतले म्याच फिक्सिङ प्रकरणमा खेल मिलेमतोमा नखेलेको ठहर गरेको हो?

फुटबल खेलाडीहरुको म्याच फिक्सिङ प्रकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि यसबारे समाचार आउने क्रम जारी छ। यही क्रममा केही मिडियाले सर्वोच्च अदालतले फैसलामा म्याच फिक्सिङ नै नगरेको अर्थात् खेल मिलेमतोमा नखेलेको ठहर गरेको शीर्षकमा समाचार राखेका छन्। के यो सही हो त? हामीले फ्याक्टचेकका क्रममा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ अध्ययन गर्दा यी… Read More »