Category Archives: तथ्यजाँच

के नेपालले ६० लाख फाइजर खोप किन्ने सम्झौता गरिसकेको हो?

कान्तिपुर राष्ट्रिय दैनिकले १२ साउन २०७८ मंगलबारको अङ्कमा ‘किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता’ शीर्षकमा चार कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ। समाचारमा ‘सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको र अमेरिकाको फाइजर एन्ड बायोटेक (वास्तविक नाम फाइजर-बायोएनटेक) कम्पनीले उत्पादन गरेको… Read More »

सामाजिक सञ्जालमा फैलिएको विजय शाहीको मृत्युको खबर गलत

मंगलबार सामाजिक सञ्जालमा विजय शाहीको मृत्यु भएको दावी गर्दै फोटोसहितको पोस्ट भाइरल भएको छ। आफूसित अद्‍भूत स्मरण शक्ति रहेको दावी गरेर मिडियामा छाएका उनी केही समयअघि अमेरिकी नागरिक नेल्सन डेलिसले बनाएको भिडियोबाट चर्चामा थिए। के साँच्चै सामाजिक सञ्जालमा दावी गरिए जस्तै शाहीको मृत्यु भएको हो त?  हामीले तथ्य जाँच गरेका छौँ।

प्रम देउवा सहभागी खोप कार्यक्रममा ब्यानर असार ४ को थियो कि साउन ४ को?

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ४ गते अमेरिकी सरकारबाट अनुदानमा प्राप्त जान्सेन नामको जोन्सन एन्ड जोन्सन कम्पनीको खोप अभियानको शुभारम्भ गरे। प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि मञ्चमा देखिएको यही कार्यक्रमको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो। फोटोमा अतिथिहरु पछाडि राखिएको ब्यानरमा एक महिना अगाडिको मिति (असार ४) लेखेको देखिन्थ्यो। तर सोही दिन… Read More »

नेपालको फिफा वरियतामा सुधार भएको समाचार गलत

केही नेपाली मिडियाले फिफा वरीयतामा नेपाली पुरुष फुटबल टिमको स्थान तीन अङ्कले सुधार भएको समाचार प्रकाशित गरेका छन्। नेपालले सन् २०२२ को विश्वकप र सन् २०२३ को एसियन कप छनोटमा गरेको प्रदर्शन लगत्तै यस्तो समाचार आएको हो। प्रदर्शनका क्रममा नेपालले आफूभन्दा ३० स्थान माथिको चाइनिज ताइपेईलाई २-० ले हराएको थियो। जोर्डन र अष्ट्रेलियासँग भने पराजित… Read More »

डेनमार्कले १४ लाख डोज खोप दिने खबर गलत

डेनमार्क सरकारले नेपाललाई कोभिड विरुद्धको १४ लाख खोप अनुदानमा दिन लागेको समाचार आइतबार विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा छायो। ती समाचारहरुमा डेनिस सरकारले अस्ट्राजेनेकाको खोप दिन लागेको र युनिसेफमार्फत् खोप सहयोग गर्ने पत्र प्राप्त भइसकेको दावी गरिएको छ। हामीले यसबारे तथ्य जाँच गरेका छौँ।

के अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको हो?

अमेरिकाले नेपाललाई ५० लाख डोज खोप सहयोग स्वरुप दिन लागेको समाचार बिहीबार राति सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरुमा आए। ती समाचारको तथ्य जाँच हामीले गरेका छौँ।

के कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको हो?

कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको दावी गर्दै बेलायती ट्याब्ल्वाइड अखबार ‘डेली मेल’ले बिहीबारको अङ्कमा बनाएको मुख्य समाचार चर्चामा छ। यो समाचारलाई बीबीसी लगायत अरु बेलायती मिडियाले पनि साभार गरेका छन्। सामाजिक सञ्जालमा पनि यसबारे चर्चा चुलिएको छ। के साँच्चै ‘नेपाल भेरियन्ट’ भेटिएको हो त? हामीले यसबारे तथ्य जाँच गरेका छौँ।

नेपालमा प्रयोग भएको चिनियाँ खोपले डब्लुएचओको मान्यता पाएको हो कि होइन?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७ मे २०२१ मा कोभिड-१९ विरुद्ध बनेको एउटा थप खोपलाई आपतकालीन प्रयोगको अनुमति दियो। त्यो थियो चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको खोप। केही विज्ञहरुले सामाजिक सञ्जालमा नेपालमा प्रयोग भएको चिनियाँ खोप डब्लुएचओ मान्यताप्राप्त नभएको दावी गर्दै लेखेका छन्। के यो सही हो? हामीले तथ्य जाँच गरेका छौँ।

के प्रधानमन्त्रीले दावी गरे जस्तै कोरोनाविरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख २० गते सोमबार टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै कोभिड–१९ महामारीको नियन्त्रणका विषयमा सरकारले गरिरहेका र गर्ने विभिन्न कदमहरु बारे स्पष्ट गरे। सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आफ्ना देशवासीलाई कोरोना बिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै… Read More »

के सरकारले त्रिकोणात्मक क्रिकेट सिरिज जित्ने खेलाडीलाई ४–४ लाख दिन लागेको हो?

हालै काठमाडौँमा तीन देशबीच भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्य प्रत्येकलाई ४-४ लाख रुपैयाँ पुरस्कार दिने निर्णय सरकारले गरेको बारे केही मिडियामा समाचार आएका छन्। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले पनि क्रिकेट टोलीलाई सरकारले पुरस्कृत गर्न लागेको व्यहोराका पोस्ट सामाजिक सञ्जालमा गरेका छन्।… Read More »